Banner Newsसमाचार

होलीमा नियम उल्लंघन गर्ने ६० भन्दा बढी मोटरसाइकल प्रहरी नियन्त्रणमा

कलैया । बारा प्रहरीले होलीमा नियम उल्लंघन गरेको भन्दै ६० भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

जिल्लाको विभिन्न स्थानबाट ६० भन्दा बढी मोटरसाइकल प्रहरीद्वारा नियन्त्रणमा लिइएको हो ।

होलीमा एउटै मोटरसाइकलमा दुई जना भन्दा बढी चढेको,हेलमेट नलगाई मोटरसाइकल चलाएको,अत्याधिक गतिमा मोटरसाइकल कुदाएको,मापसे गरेर चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको भन्दै सम्भावित दुर्घटना रोक्न मोटरसाइकल नियन्त्रणमा लिएको प्रवक्ता पण्डितले बताए। नियन्त्रणमा लिएको मोटरसाइकललाई दिनभरि प्रहरी कार्यालयमा राखी सम्झाइ बुझाइ गरि सवारीधनीको जिम्मा दिने गरेको उनले बताए ।

त्यस्तै दिनभरी जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा जिल्लाको अनुगमन गरिएको थियो ।

सो अनुगमनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,प्रहरी निरीक्षकहरु लगायतको सहभागिता रहेको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button