Banner Newsदुर्घटनासमाचार

नारायणी अस्पतालमा उपचारका क्रममा कैदीको मृत्यु, आफन्तद्वारा प्रदर्शन

 वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन्।

वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राहुल साह तुराहा कर्तव्य ज्यान मुद्दामा २०७९ सालदेखि अदालतको आदेशअनुसार वीरगञ्ज कारागारमा जन्मकैद सजाय भोगिरहेका थिए। कारागारमा व्यायाम गर्ने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल नारायणी अस्पताल ल्याइएको थियो। प्रारम्भिक उपचारपछि अस्पतालले थप उपचारका लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा रेफर गरेको कारागार प्रशासनले जनाएको छ।

तर मृतकका आफन्तले रेफर प्रक्रियामा ढिलाइ भएको र कारागार प्रशासनले समयमै अन्य अस्पताल लैजान अनुमति नदिएको आरोप लगाएका छन्। घटनापछि आफन्तजनले अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार केही समय तनावपूर्ण स्थिति सिर्जना भए पनि हाल अवस्था सामान्य बनेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा मृतकका आफन्त र प्रशासनबीच छलफल भइरहेको जनाइएको छ। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button