फेटा (बारा) :फेटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा श्री राकेश ओझा औपचारिक रूपमा हाजिर हुनुभएको छ।
गाउँपालिका कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, उपाध्यक्ष,वार्ड अध्यक्ष र जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा ओझालाई औपचारिक स्वागत गरिएको थियो।

स्वागत कार्यक्रममा बोल्दै वक्ताहरूले ओझाको प्रशासनिक अनुभव, नेतृत्व क्षमता र दक्षताले फेटा गाउँपालिकाको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत ओझाले आफूलाई दिइएको जिम्मेवारी ईमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय विकास र जनहितका कार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो।




