गढिमाई पन्चबर्षिय मेलाको अवसरमा बाराको सबै स्थानीय तहले सार्वजनिक बिदा हुने

बिश्व प्रसिध्द गढिमाई पन्चबर्षिय मेलाको अवसरमा बाराको सबै स्थानीय तहले बिदा दिने निर्माण गरेको छ। बारा जिल्लाको नै गौरवको रुपमा गढिमाई पन्चबर्षिय गढिमाई मेला भएकोले सबै स्थानीय तहमा सार्वजनिक बिदा भएको छ।
बाराको १६ वटै स्थानीय तहको प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच बिश्व प्रसिध्द गढिमाई मेला सभ्य र भब्य बनाउन सार्वजनिक बिदा दिने निर्माण भएको थियो। सोहि अनुसार आईतबार महागढीमाई नगरपालिकाले एक सुचना जारी गर्दै मँसिर २१ देखि देखि २५ गतेसम्म सार्वजनिक बिदा घोषणा गरेको छ।
उक्त सुचनामा महागढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहाले बारा जिल्लाका १६ वटै स्थानीय तहका प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ज्यूहरुको मिति २०८१।०८।०२ गते बसेको बैठकको निर्णय र यस महागढीमाई नगरपालिका कार्यालयको मिति २०८१।०८।१६ गतेको निर्णयानुसार विश्व प्रसिद्ध श्री गढीमाई पञ्चवर्षीय मेला २०८१ लाई सफल तथा व्यवस्थित रुपमा संचालन, व्यवस्थापन गर्नुका साथै गढीमाई क्षेत्रको पर्यटकीय, सास्कृतिक विकास
प्रवर्द्धन गर्नको लागि मिति २०६१।०८।२१ गते देखि २०८१।०८।२५ गतेसम्म अति आवश्यक सेवा बाहेक नगरपालिका कार्यालय, कार्यालय मातहत रहेका वडा कार्यालय, सम्पूर्ण सरकारी कार्यालय, वित्तिय संघ संस्था, शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक चार्डपर्व विदा उल्लेख गरेका छन्।
त्यस्तै कलैया उपमहानगरपालिकाले पञ्चबर्षिय गढिमाई मेलालाई सभ्य र भब्य बनाउन मँसिर २० गते , २३ , २४ र २५ गते सामुदायिक तथा संस्थागत बिधालयमा सार्वजनिक बिदा दिएको पत्र सार्वजनिक गरेको छ।
कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख प्रह्लाद बर्णवालको हस्ताक्षरमा जारी गरीएको सुचनामा मिति २०८१/०८/०४ गतेको प्रधानाध्यापक बैठकको निर्णयानुसार कलैया उपमहानगरपालिका अन्तर्गतका
सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु महागढीमाईको मेलाको अवसरमा मिति २०८१/०८/२० गते तथा २३, २४ र २५ गते सम्म विद्यालयको पठनपाठन बन्द रहने गरी विदा गरिएको उल्लेख गरीएको छ।
Comments (0)
Add Comment