Online New Portal

गुरागाईंले अघि बढाए कर्मचारीको खातामा तलब पठाउने प्रक्रिया

14
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ शुक्रबार सहजरुपमा कार्यालय पुगेका छन् ।

उनी आज कार्यालय समयमै कुनै अवरोधबिना कार्यालय प्रवेश गरेका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने,’आज प्रमुख प्रशासकीय अधिकृत कुनै अवरोधबिना कार्यालय प्रवेश गर्नुभएको छ, कुनै अवरोध भएन।,’

उनका अनुसार, प्रमुख प्रशासकीय अधिकृत आएसँगै कर्मचारीको खातामा तलब पठाउने प्रक्रिया अघि बढिसकेको छ । सोमबारसम्म सबै कर्मचारीको खातामा तलब पठाउने तयारी भएको उनले बताए।

Leave A Reply

Your email address will not be published.