राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ। बैठक दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्न लागेको हो । आजको बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूका साथै तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाइबारे छलफल हुनेछ । पार्टीको भूमिकाबारे अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ब्रिफिङ हुनेछ ।