राजकुमार यादव रौतहट
रौतहटको प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य बीमाबाट औषधी उपलब्ध गराउनमा लपरवाही देखिएको छ । विमित विरामीलाई सस्तो औषधि बिमाबाट दिने तर महँगोे औषधि सबै बहिरबाट खरिद गराउने गरेको पाइएको छ । बीमाबाट औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा रौतहटमा प्रभावकारी नरहेको बीमाबाट पिडित विरामी राधिका यादवनीले बताउछिन् ।
समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि रहेका बीमा बोर्डले प्रदेशिक अस्पताल गौर तथा मधेश प्रदेशका क्यौं अस्पतालमा आफै सुधार ल्याउन नसकिएको यादवनीले बताए ।
बीमितका अनुसार ६ हजारभन्दा बढी औषधि खरिद गर्दा ४०० सय मात्र स्वास्थ्य बीमाबाट उपलब्ध भयो । जबकी, प्रयोगमा आएका अधिंकाश औषधि स्वास्थ्य बीमा सुविधा अन्तर्गतकै थिए । बोर्डकाअनुसार बीमाले १ हजार १ सय ३३ प्रकारका औषधि उपलब्ध गर्न सक्छन्।
स्वास्थ्य बिमा ऐन, २०७४ को प्रस्तावनामा ‘गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बिमाद्वारा पूर्वभुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्न’ स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको उल्लेख छ। तर मधेश प्रदेशकै सरकारी अस्पतालमा विमितले विमाबाट अवश्यता अनुसारको औषधी न पाएर बाहिरबाट औषधी खरिद गर्न बाध्य भएको छ ।
स्वास्थ्य बीमा बोर्डको प्याकेजमा उपलब्ध भएको औषधि अस्पतालले किन्न लगाएको भन्दै बिरामीकी छोरा जितेन्द्र यादवले नेपाल सरकार बीमा बोर्डका अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीलाई पटक पटक फोन गर्दा फोन न उठेपछी सूचना अधिकारी विकेश मल्ललाई जनकारी गराउनु भयो । तर यस विषय प्रति सम्बधित निकाय गम्भिर नभएर मुकदर्शक बनेको यादवले बताए ।
प्रादेशिक अस्पतालका गौरका अध्यक्ष मोहम्मद अनवर हाशमीले भन्छन्, “स्वास्थ्य बिमा बोर्डबाट पाउनुपर्ने भुक्तानी नियमित नभएको कारणले गर्दा औषधि र स्वास्थ्य सामग्री खरिद गर्न तथा सेवा दिनमा पनि समस्या भएको छ।” साउन महिना देखी हालसम्म १ करोड भन्दाबढी बाकीं रकम बिमा बोर्डले नदिएपछि यस्तो समस्या आएको हो । “हाम्रो अस्पताल जिल्लाको नमुना अस्पताल छ, यहाँ धेरै बिमितहरू आउनुहुन्छ। कतिपय दुर्घटनामा परेका व्यक्ति हुन्छन्। उहाँहरूलाई सेवा दिन पनि गाह्रो भइसकेको छ,” उनले भने।