कृषि ज्ञान केन्द्र बाराको आयोजना मा कृषि प्राविधिकहरूसँग समन्वयात्मक बैठक सम्पन्न
मिति २०८१ साल चैत्र २९ गते, कृषि ज्ञान केन्द्र बाराको आयोजनामा बारा जिल्लाका १६ वटै स्थानीय तहका कृषि प्राविधिकहरूसँग समन्वय बैठक सम्पन्न भयो।बैठकमा विभिन्न स्थानीय तहहरूमा देखापरेका कृषि सम्बन्धी समस्या, चुनौतीहरू तथा समाधानका उपायहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो। प्राविधिकहरूले आ–आफ्नो कार्यक्षेत्रका अनुभव, सफल अभ्यासहरू तथा भोगेका समस्याहरू साझा गर्दै र केन्द्रबाट माग भएका तथ्यांक समयमै समन्वयात्मक रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता कृषि ज्ञान केन्द्रको सूचना अधिकृतले जानकारी गराउनु भयो।
बैठकमा कृषि ज्ञान केन्द्र बाराका प्रमुख, प्राविधिक कर्मचारीहरू तथा स्थानीय तहका कृषि शाखाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा भविष्यमा अझ प्रभावकारी सेवा प्रवाह गर्नका लागि तालमेल, सूचना आदानप्रदान र नियमित समन्वय गर्ने ज्ञान केन्द्र्को प्रमुखले जानकारी गराउनु भयो ।