Online New Portal

फेटा गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर, एक हजार चार १० जना सेवाग्राही लाभान्वित

15

बारा, २६ पौष

फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीको पहलमा शनिबार फेटा गाउँपालिकामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविरबाट कुल एक चार १० जना सेवाग्राहीले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिक, विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको आयोजना तथा दक्ष स्वास्थ्यकर्मीहरूको टोलीको सहभागितामा शिविरमा विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप र मधुमेह जाँच, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण, रोग परामर्श, निःशुल्क औषधि वितरण लगायतका सेवाहरू उपलब्ध गराइएको थियो । स्थानीय बासिन्दाहरूले घर नजिकै निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन पाउँदा सन्तुष्टि व्यक्त गरेका छन् ।

स्वास्थ्य शिविरको अवसरमा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्य अवस्था सुधार गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्वास्थ्य नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने स्वास्थ्यकर्मी, स्वयंसेवक, जनप्रतिनिधि तथा सम्बन्धित सबै निकायप्रति फेटा गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । स्थानीय स्तरमै यस्ता स्वास्थ्य शिविर सञ्चालन हुँदा नागरिकको स्वास्थ्य प्रतिको सचेतना समेत बढ्ने विश्वास लिइएको छ ।

Leave A Reply

Your email address will not be published.