Online New Portal

निर्वाचन आयोगको गेटमै रोकियो गगन थापा समूह

13

काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ । शुक्रबार सो समूह निर्वाचन आयो पुगे पनि गेटमै रोकिएको हो ।

शुक्रबार अपराह्न शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग पुगेको थियो । सो समूह आयोग भित्रै रहेकाले आफूहरू भित्र प्रवेश नगरेको थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

देउवा समूह विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाको हस्ताक्षर फिर्ता गरेको प्रमाण बुझाउन निर्वाचन आयोगमा पुगेको थियो ।

थापा समूह भने महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता गरिएको भन्नु राजनीतिक प्रोपोगाण्डा मात्रै भएको जनाउँदै आयोग कार्यालय घेराउ गर्न पुगेकाे हो ।

Leave A Reply

Your email address will not be published.