बाराका पत्रकार मनोज साह सोमवार बिहान मर्निङ्ग वाकमा गएको बेला उनि माथि सामुहिक हमला भएको छ ।
जितपुरका स्थानिय कपुरराज पुरीले पत्रकार साह माथि ३/४ जनाको समुहमा आएर हमला गरेका हुन् ।
समाजिक संजालमा हालेको समाचारको कारण पत्रकार साह माथि हमला भएको हो ।
`निर्वाचनको समयमा दल परिवर्तन गर्दै हिड्ने र जग्गा दान गर्दै हिड्ने´ भन्ने समाचार लेखेकै कारण बाराका पत्रकार साह माथि पुरीले सामुहिक हमलाा गरेको देखिको छ ।
कुटपिटको क्रममा पत्रकार साहको टाउको र आँखामा गम्भीर चोट लागेको छ ।