Modern technology gives us many things.

लिटल रोज एकेडेमी स्कूलको वार्षिक परिक्षाको नतिजा प्रकाशन

195

कलैया उपमहानगरपालिका वडा नं. ३ सिसहनिया चौक स्थित लिटल रोज एकेडेमी सेकेन्डरी ईगँलिस बोर्डिङ्ग स्कूलको वार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालयले २०७९ सालको वार्षिक परीक्षाफल प्रकाशन र पुरस्कार वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बृजेश पंडितले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक अभिभावक नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । अभिभावकहरुको सहयोगविना शैक्षिक गुणस्तर कुनैपनि हालतमा सुधार नहुने प्रमुख अतिथि पंडिलले तर्क राख्नुभयो । अभिभावकहरुको बेवास्ताका कारण विद्यालयहरुको गुणस्तर खस्केको आरोप लगाउँदै उहाँले अबको शिक्षा जीवनोपयोगी हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालय संस्थापक सदस्य प्रधानाध्यापक बिनेश्वर पटेलले विद्यालयको अग्रगामी विकासका लागि शिक्षक अभिभावकमा प्रगाढ सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालय संस्थापक सदस्य श्याम शर्माले आफ्नो नानीबाबुको भविष्यप्रति सबै अभिभावकले चासो देखाउनुपर्ने औल्याउनुभयो । उहाँले विद्यालयको उन्नति, प्रगतिका लागि सबैले हातेमालो गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा विद्यालय संस्थापक सदस्य गेनालाल मण्डलले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


यसैगरी विद्यालय तथा कक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन विद्यालय शिक्षक जितेन्द्र पटेलले गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.