Modern technology gives us many things.

माउन्ट हर्मन स्कुलमा म्यानेजमेन्ट र एजुकेशन फेक्लटीमा पढाई हुने

117
वीरगंज, असार १६
वीरगंज २३ प्रसौनी बिर्तामा रहेको माउन्ट हर्मन स्कुलले + २ (प्लस टु) संचालन गर्ने भएको छ । स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरि यहि शैक्षिक सत्र देखि आफनै निजि भवनमा म्यानेजमेन्ट र एजुकेशन फेकल्टीमा + २ संचालन गर्ने जनाएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्कुलका प्रधानाध्यापक संतोष साहले गाँउमै बिद्यार्थीहरु उच्च शिक्षा हासिल गरुन भन्ने उद्देश्यले + २ संचालन गर्न लागिएको जानकारी दिए । उनले गाँउघरका चेलीबेटीको शैक्षिक स्तर वृद्धि गर्न कलेजले बिशेष ध्यान दिने बताउनुभयो ।
साहले गाँउमै + २सम्मको स्तरीय शिक्षा प्रदान हुन थालेपछि अभिभावक र बिद्यार्थीहरुलाई सजिलो हुने बताए । जाडोयाममा हुने परेसानीबाट अब बिद्यार्थीहरुलाई राहत मिल्ने समेत प्र.अ साहको दावी थियो । उनले कलेज संचालन गर्नु आफनो ठुलो सपना रहेकोले भाषण भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । कलेजले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संगै समाजिक र व्यवहारिक शिक्षामा पनि बिशेष जोड दिने बताउनुभयो ।
यसैगरी प्रमुख अतिथी अवधकिसोर कुशवाहाले कलेज संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार जगत राई अभिभावक मुस्तिक अंसारी लगायतकाले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा वडा सदस्य लालबाबु यादव, कान्ति देवी महतो, वडा सचिव राजेन्द्र यादव,अभिभाव लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार राकेश साहले गरेका थिए ।
Leave A Reply

Your email address will not be published.