प्रवासी नेपाली मञ्च मलेसियाले संघिय संसद राष्ट्रिय सभाका उपप्रमुख सहितको भ्रमणटालीलाई भेट्यो ।
मलेसिया :=प्रवासी नेपाली मञ्च मलेसियाको टीमले मलेसिया भ्रमणमा आएका व्यवस्थापिका संसदको संसदिय समितिका पदाधिकारीहरुको टोलीसंग ५ डिसेम्बर विहिबारका दिन अनौपचारिक भेट गरेको छ ।
क्वालालम्पुर स्थित एक होटलमा भएको भेटमा मञ्चका तर्फबाट अध्यक्ष दयाराम कुमालले मलेसियामा कार्यरत श्रमिक र श्रमको अवस्था बारे जानकारी गराउनु भएको थियो भने भ्रमण दलको तर्फबाट राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मलेसिया भ्रमणको उदेश्य प्रष्ट्याउदै रोजगाररत श्रमिक, ब्यवसायी लगायत सबै बर्गका नेपालीहरु प्रति संक्षिप्त सम्बोधन गर्नु भएको थियो ।
नेपालको व्यवस्थापिका संसदको संघियसभा र प्रदेशसभाका सभामुख/उपसभामुख सम्मिलित टोली मलेसियाको संघिय संसद र प्रदेश संसदको अध्ययन भ्रमणका लागि मलेसिया आएका हुन ।
भ्रमण दलमा राष्ट्रिय सभा उपाध्यक्ष मा. विमला घिमिरे, कोशी प्रदेश सभामुख मा. अम्बर बहादुर बिष्ट, मधेश प्रदेश सभामुख मा. रामचन्द्र मण्डल, बाग्मती प्रदेश सभामुख मा. भुवन पाठक, गण्डकी प्रदेश उपसभामुख मा. बीना कुमारी थापा, लुम्बिनी प्रदेश उपसभामुख मा. मेनुका खाँड केसी,
कर्णाली प्रदेश उपसभामुख मा. यसोदा न्यौपाने, सुदुरपश्चिम प्रदेश उपसभामुख मा. कोईलीदेवी चौधरी, प्रतिनिधि सभा सदस्य मा. पुष्प बहादुर शाह, संघिय संसद महासचिव पदम प्रसाद पाण्डे, संघिय संसद सचिवालय उपसचिव सुलोचना पंज्ञानी, संघिय संसद सचिवालय सहसचिव वविता मिश्र र राष्ट्रिय व्यवस्थापक संसद सहयोग परियोजना(UNDP)का दीला दत्त पन्त रहेका थिए ।
प्रवासी नेपाली मञ्चसंगको अनौपचारिक भेटको क्रममा सम्बोधन गर्दै राष्ट्रियसभा उपाध्यक्ष संघिय संसद मा. विमला घिमिरेले भ्रमण टोलीले मलेसियाको संघिय र प्रदेश दुवै सभाको भ्रमण गरि संसद संञ्चालन, संसदिय पद्धति आदि सम्बन्धी जानकारी लिएको साथै संसदिय अनुभव आदन-प्रदान गरिएको बताउनु भएको थियो ।
अकास्मिक एवं अनौपचारिक रुपमै भएपनि भेटघाटको कार्यक्रम आयोजना गरिदिएकोमा भ्रमणदलको तर्फबाट मधेश प्रदेश सभामुख मा. रामचन्द्र मण्डलले प्रवासी नेपाली मञ्चलाई धन्यवाद दिदै अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो साथै रोयल नेपाल एअरलाइन्सक हेम लम्साल बाग्लुङ समाज मलेशियाक संयोजक कर्ण बुढा मगर उपस्थिति रहेकोे थियोे