Online New Portal

फेटामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

11

बारा वैशाख ६ गते फेटा गाउँपालिका भित्र  शनिबार देखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । भिटामिन ‘ए’ खुवाउने कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाइन सुरु गरिएको हो ।

फेटा गाउँपालिकाको वार्ड न ३स्वास्थ्य चौकी प्रमुख लालबाबु मण्डलले फेटा गाउँपालिका सबै वार्डका बच्चाहरु शनिबार बिहान भिटामिन ‘ए’ र जुकाको औषधी खुवाएर कार्यक्रमको सुरुवात गर्नुभयो । सो अवसरमा गाउँपालिका अध्यक्ष श्री रुस्तम अन्सारीले कुनै पनि बालबालिकालाई नछुटाउनका लागि यसको महत्त्व प्रचारप्रचारमा व्यापकता दिन जरुरी रहेको बताउनुभयो । ३६सय १९जना बालबालिकालाई खुवाउने लक्ष्य राखिएको फेटा गाउँपालिकाको स्वास्थ शाखा प्रमुख राममनोहर साहले  बताउनु भयो ।

फेटा गाउँपालिकाको स्वास्थ्य शाखाले भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत शनिबार र आइतबार सो सङ्ख्यामा खुवाईने उहँले बताउनुभयो ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधी विसं २०५६ बाट खुवाउन थालिएको हो ।सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो । जुका नियन्त्रण तथा रोकथामका लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधी खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ ।

Leave A Reply

Your email address will not be published.