Online New Portal

महासंघ बारामा आवद्ध पत्रकारलाई नारा सामाजिक संजालमा लेख्न आह्वान

38

बारा, ०६ बैशाख

नेपाल पत्रकार महासंघ बाराले शनिबार बोलाएको पूर्व अध्यक्ष एवं अग्रज पत्रकारहरुको छलफल कार्यक्रमबाट “स्वार्गिय पत्रकार सुरेश रजकलाई न्याय दे । पत्रकारहरुको भौतिक र ब्यवसायिक शुरक्षाको ग्यारेन्टी गर । संचार माध्यमहरुमा भएको क्षतिको क्षतिपूर्ती दे । दण्डहिनताको अन्य गर ।” भन्ने नारा सबै पत्रकार एवं संचारगृहका सामाजिक संजालहरुमा लेख्ने र लेख्न आह्वान गरी सरकारलाई थप दवाव दिने निर्णय भएको छ ।

 नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको गत चैत्र २६ गतेको परिपत्र मार्फत गत चैत्र १५ गतेको काठमाण्डौं तीनकुने घटनालाई लिएर थप दवाव दिनका लागि आज २०८२ बैशाष ६ गतेका छलफल बोलाईएको थियो ।

आफ्सनै सभाकक्षमा नेपाल पत्रकार महासंघमा आवद्ध पूर्व अध्यक्ष एवं अग्रजहरुसँग छलफल भएको हो ।

कार्यक्रममा महासंघ बाराका अध्यक्ष रमेश सुबेदी, उपाध्यक्ष पन्नालाल दास, प्रदेश सदस्य वृजमोहन कुशवाहा, अग्रज सत्यप्रकाश श्रेष्ठ, निवर्तमान उपाध्यक्ष रामबाबु मेहता, पूर्व अध्यक्ष कमल कुमार उपाध्याय, पूर्व उपाध्यक्ष राकेश पाण्डेय, पूर्व सचिव जयनारायण यादव लगायत २२ जना पत्रकारहरुको कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रम पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाको सहजिकरणमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.