Online New Portal

ताप्लेजुङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु

9

वैशाख ८ गते

ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो ।

करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.