Online New Portal

पालिका प्रमुखहरू पर्साका विद्यार्थी भर्ना अभियानमा जुटेएका छ्न

6

वैशाख ८ गते

शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनबाट विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्साका १४ वटै पालिकाका प्रमुखहरू सक्रिय भएका छन् । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाउने भनेको भए पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन पुगेको थियो । त्यसैले अबदेखि प्रभावित हुन नदिन वैशाख ८ गतेदेखि वैशाख १५ गतेसम्म जिल्लाभर भर्ना अभियान सञ्चालन गराउन पर्साका सबै पालिका प्रमुखहरू एकमत भएका हुन् ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको कार्यकक्षमा आइतबार बसेको पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान चलाउन सम्बन्धित पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । विद्यार्थीको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा शिक्षक विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिँदा विद्यार्थीको पठनपाठन वञ्चित हुने भएकाले भर्ना अभियानलाई यथाशीघ्र अघि बढाउन पालिका प्रमुखहरू नै सक्रिय हुनु परेको हो । पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले विद्यालयमा ताला लागेर विद्यार्थी पठनपाठनबाट वञ्चित भएको हेरेर बस्न उचित नभएको भन्दै तत्काल भर्ना अभियानलाई अघि बढाएर पठन–पाठन सुरु गराउनु आवश्यक रहेको बताए ।

Leave A Reply

Your email address will not be published.