काठमाडौँ:नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा आफैँ सक्रिय भई महामन्त्रीहरूसँग छलफलमा जुटेका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा भएको विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि पार्टीभित्र मतभेद चर्किएको थियो।
मंगलबार राति अबेरसम्म विभिन्न तहमा भएका सम्वाद सार्थक हुन नसकेपछि सभापति देउवाले पहल लिँदै महामन्त्री थापा र शर्मालाई महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्। देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि छलफलमा सहभागी भएका छन्।
पार्टीभित्रको असमझदारी हटाई सहमतिको वातावरण बनाउने उद्देश्यले भइरहेको यो छलफललाई कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारणका हिसाबले महत्वपूर्ण मानिएको छ। नेतृत्व तहमा जारी सम्वादबाट सहमति जुट्ने अपेक्षा गरिए पनि छलफलको निष्कर्ष भने सार्वजनिक गरिएको