आज वि.सं. २०८२ साल माघ ३ गते शनिबार, तदनुसार सन् २०२६ जनवरी १७ तारिख। माघ कृष्ण पक्षको चतुर्दशी तिथि रहेको छ। चन्द्रमाको राशि र नक्षत्रका पदका आधारमा व्यक्तिको दैनिकी, व्यवहार र कर्मफलमा प्रभाव पर्ने ज्योतिषीय मान्यता अनुसार आजको दिन १२ राशिका लागि यस्तो संकेत देखिन्छ।
मेष (Aries)
आजको दिन सहज देखिन्छ। सम्पत्तिमा खर्च बढे पनि सामाजिक इज्जतमा वृद्धि हुनेछ। राज्यका निकायसँग सम्बन्धित व्यक्तिलाई बढुवाको सम्भावना छ। शिक्षामा गरिएको लगानीबाट फाइदा मिल्नेछ। प्रतिपक्षी जस्ता देखिएका साथीको साथ मिल्ने भएकाले लगानीमा हिम्मत गर्नुपर्ने दिन हो। व्यापारमा पनि लाभको योग छ।
वृष (Taurus)
बन्धु–बान्धवसँगको सहकार्य सफल बन्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत छ। विद्याको क्षेत्रमा गरिएको प्रयास सफल हुनेछ। परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन अझ राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
मिथुन (Gemini)
बोलीकै कारण विवाद बढ्न सक्ने भएकाले सचेत रहनु आवश्यक छ। साथीहरूको असहयोग देखिन सक्छ, त्यसैले थोरै बोल्नु उपयुक्त हुनेछ। पूर्व दिशाको लामो यात्रा नगर्नु राम्रो। लगानी क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ, तर शिक्षामा आलस्य बढ्न सक्छ।
कर्कट (Cancer)
सम्पत्तिको कारण घमण्ड देखिन सक्ने दिन हो। कम बोलेर व्यवहारिक ढंगले अगाडि बढ्नु राम्रो हुनेछ। जन्मकुण्डलीमा शनि सहज भएमा राम्रो कार्य सम्पन्न हुनेछ। इज्जत जोगाउनका लागि सम्पत्तिमा खर्च गर्नुपर्ने सम्भावना छ।
सिंह (Leo)
मनमा उमंग र उत्साह बढ्नेछ। व्यापारभन्दा विदेशसँग सम्बन्धित लगानीबाट फाइदा मिल्ने संकेत छ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। मेहनत गरेमा मात्र सफलता हात पर्नेछ।
कन्या (Virgo)
अनुत्पादक क्षेत्रमा खर्च बढ्न सक्छ। समाजमा आफूलाई प्रमाणित गर्न बढी नै खटिनुपर्ने दिन हो। राजनीतिक क्षेत्रमा प्रयोग गरेर स्वार्थ पूरा गर्न खोज्ने समूह सक्रिय देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला (Libra)
न्यायपूर्वक गरेको कर्मको सकारात्मक फल प्राप्त हुनेछ। व्यापारमा गरिएको लगानी लाभदायक बन्नेछ। शिक्षामा अझ बढी मिहिनेत आवश्यक देखिन्छ। दक्षिण दिशाको लामो यात्रा नगर्नु राम्रो हुनेछ।
वृश्चिक (Scorpio)
आज शुभ समाचार सुन्ने सम्भावनाले मन हर्षित हुनेछ। साथीभाइसँगको भेटघाटले मानसिक आनन्द मिल्नेछ। आम्दानीका नयाँ स्रोत खुल्ने संकेत देखिन्छ।
धनु (Sagittarius)
दिन सामान्य रूपमा सहज छ, तर बोल्दा सचेत हुनुपर्नेछ। राजनीतिक क्षेत्रमा नाम र दाम दुवै मिल्ने योग छ। मनका कुरा गुम्स्याएर नराख्नु राम्रो। स्वास्थ्यमा सुधार हुँदा मन शान्त हुनेछ। पुराना साथीले गल्ती खोज्ने भएकाले सतर्कता आवश्यक छ। परिवारलाई समय दिन नसक्दा खटपट बढ्न सक्छ।
मकर (Capricorn)
आजको दिन चुनौतीपूर्ण रहनेछ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने संकेत छ। पूर्व दिशाको लामो यात्रा नगर्नु उपयुक्त हुनेछ। अनुत्पादक क्षेत्रमा लगानी नगर्नु राम्रो। चिट्ठा वा जुवाको लोभमा नपर्नुहोस्। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय हो।
कुम्भ (Aquarius)
मन शान्त रहने योग छ। आज बनाइएका योजना दीर्घकालीन रूपमा फलदायी बन्नेछन्। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। बिहान शिवको भजन सुन्न सके मानसिक शान्ति अझ बढ्नेछ।
मीन (Pisces)
बोली र व्यवहारमा एकरूपताको आवश्यकता देखिन्छ। परिवारको सल्लाह अनुसार निर्णय गरे दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।