Modern technology gives us many things.

निर्वाचनमा नेता कार्यकर्तालाई मासु चिउरा, सुरक्षाकर्मीलाई खाजा खर्च पनि छैन

277

काठमाडौँ । देशभर स्थानीय तह निर्वाचनको रौनक बढेको छ। विभिन्न पार्टीका नेता कार्यकर्ताहरु चुनावी प्रचारमा जुटेका छन्। निर्वाचनलाई लक्षित गरेर उम्मेदवारहरु र
पार्टीले व्यापक खर्च गर्ने नै छन्।

यसै बीच सैनिक, प्रहरी, सशस्त्र र म्यादी गरी पौने ३ लाख सुरक्षाकर्मी खटिँदै छन्। निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी र सशस्त्रका करिब १ लाख ७० हजार र म्यादी १ लाख सुरक्षाकर्मी तयारी अवस्थामा छन्। केही ठाउँमा त परिचालन भइसकेका छन्। तर उनीहरूका लागि स्थानीय भत्ता, खाजा खर्च, बिमा खर्च, औषधि खरिद, सञ्चार महसुल, कर्मचारी तालिम खर्च, कार्यालयका लागि घर भाडा, सवारीसाधन खरिद, फर्निचरलगायतका शीर्षकमा अर्थले बजेट दिएको छैन । यसभन्दा अघिका निर्वाचनमा यस्ता सबै शीर्षकमा बजेट निकासा हुँदै आएको थियो।

अर्थबाट बजेट नआएपछि प्रहरी प्रधान कार्यालयले खाजा र विशेष भत्ताबिनै करिब ६५ हजार सुरक्षाकर्मीलाई निर्वाचनमा परिचालन गर्दै छ । यसअघिका निर्वाचनमा केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा खटिने सुरक्षाकर्मीको संख्या निश्चित गरेपछि विगतका निर्वाचनमा उनीहरूले दैनिक खाजा/विशेष भत्ता, औषधि उपचार खर्चलगायतका सुविधा पाउँथे। सुरक्षाकर्मीका लागि एक साताको खाजा खर्च दैनिक २ सय ५० रुपैयाँ र सोही अंकमा विशेष भत्ताबापत रकम व्यवस्था हुन्थ्यो। अर्थबाट निकासा हुने बजेट गृहबाट संगठन हुँदै सुरक्षाकर्मीको व्यक्तिगत खातामा पैसा जान्थ्यो।

यसपालिका निर्वाचनका लागि प्रहरीले सवारी खरिद, सञ्चार उपकरण, विशेष भत्ता, घर भाडा, बिजुली/पानी, खाजा खर्चलगायतमा ९ अर्ब २९ करोडभन्दा बढी बजेट मागेको १ अर्ब ३२ करोड मात्र निकासा भएको छ। तर अर्थले सवारी खरिद, खाजा खर्च, विशेष भत्तालगायत शीर्षकको बजेट कटौती गरेर मागको करिब १४ प्रतिशत मात्रै रकम निकासा दिएको छ।

निर्वाचन सुरक्षाकै लागि सशस्त्र प्रहरीले ३२ हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने गरी अर्थसँग ३ अर्ब ५८ करोड रुपैयाँ बजेट मागेकोथियो। तर, ४४ करोड ५५ लाख रुपैयाँ मात्रै निकासा भएको छ। यो रकम मागेको बजेटमा करिब साढे १२ प्रतिशत मात्रै हो।

बिहीबार सिंहदरबारमा केन्द्रीय सुरक्षा समिति बैठकको अध्यक्षता गरिरहेका गृहमन्त्री बालकृष्ण खाँणले नै अर्थबाट पर्याप्त बजेट निकासा नभएकामा गुनासो गर्दै सुरक्षाकर्मीलाई भने उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्न निर्देशन दिए।
साभार – नेपालदिप.कम

Leave A Reply

Your email address will not be published.