जनता समाजवादी पार्टी देवताल गाउँपालिकाको विजयी जुलुस सम्पन्न
श्यामल कुमार गिरी
०८ जेष्ठ बारा । बाराको देवताल गाउँपालिकामा जनता समाजवादी पार्टी ,नेपालका उदय प्रसाद यादव अध्यक्ष पदमा विजयी भएका छन् ।कुल मत १० हजार ७ सय ६० (१०,७६०) मध्ये ४ हजार १ सय ७६ (४,१७६) मत ।
ल्याई ६०१ मतको मतानन्तरले अध्यक्षमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका अध्यक्ष पदका उम्मेदवार एवम् पुर्व गाउँपालिका अध्यक्ष चन्दनकुमार सिँहले ३ हजार ५ सय ७५(३,५७५) मत ल्याउन सफल भएका छन् ।
नेपाली काँग्रेसका हरिलाल राय यादव भनिने हरिलाल दास बैरागीले २ हजार ६ सय ७ (२,६०७ ) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएको देवताल गाउँपालिकाका निर्वाचन अधिकृत सुदर्शन ढकालले बताउनुभयो।
यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालकि सितापति देवी यादव कुल मत १० हजार ५ सय ९१ (१०,५९१ ) मध्ये ४ हजार २ सय ५ (४,२०५) मत ल्याई १ हजार १ सय २९ (१,१२९) मतको मतान्तरले विजयी भएकि हुन ।उनकि निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकि उपाध्यक्ष पदकि उम्मेदवार पुर्व उपाध्यक्ष समेत रहेकि रामपति देवी ३ हजार ७६ (३,०७६) मत ल्याउन सफल भएकि छिन्।
नेपाली काँग्रेसकि उर्मिला देवी यादव २ हजार ५ सय ९९ (२,५९९) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएकि छिन् ।वडा नम्बर -१ मा जनता समाजवादी पार्टी ,नेपालका यूवा नेता अरुणकुमार सिँह कुल मत १ हजार ९८(१०९८ ) मध्ये ४ सय ६ (४०६ ) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी ,नेपालका
नरेन्द्रकुमार सिँह २ सय ५६ (२५६ )मत ल्याउन सफल भएका छन् वडा नम्बर -२ मा जनता समाजवादी पार्टी ,नेपालका मनरुदिन मियाँ ठकुराई कुल मत २ हजार ४ सय ६ (२,४०६)मध्ये १ हजार ३ सय ६१ (१,३६१) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार एवम् पुर्व वडाध्यक्ष रमेशप्रसाद यादव ४ सय ७५ (४७५ ) मत ल्याउन सफल भएका छन् ।नेपाली काँग्रेसका किशोरी राय यादव ३ सय ९४ (३९४) मत ल्याई तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।वडा नम्बर -३ मा जनता समाजवादी पार्टी ,नेपालका रामकिशोर प्रसाद कुशवाहा कुल मत १ हजार ४ सय ६९ (१,४६९) मध्ये ६ सय ३९ (६३९ ) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम् पुर्व वडाध्यक्ष अमर प्रसाद नेपालीले ३ सय ७९ (३७९) मत ल्याउन सफल भएका छन् नेपाली काँग्रेसका भोला मियाँ मंसुरी ३ सय ४९(३४९ )मत ल्याएको निर्वाचन अधिकृत सुदर्शन ढकालले बताउनुभयो शान्तिपूर्ण वातावरणमा नै निर्वाचन समेत भएको निर्वाचन अधिकृत ढकालले बताउनुभयो ।
यस्तै वडा नम्बर -४ मा नेपाली काँग्रेसका यूवा नेता ललनकुमार यादव कुल मत १ हजार २ सय १ (१,२०१) मध्ये ४ सय ४४(४४४) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम् पुर्व वडाध्यक्ष मिश्रीलाल प्रसाद मल्लाहले ३ सय ९६ (३९६)मत ल्याउन सफल भएका छन् ।
वडा नम्बर -५ मा नेपाली काँग्रेसकै सुरेश प्रसाद साह कुल मत १हजार ४ सय २५ (१,४२५) मध्ये ७ सय ४७ (७४७) मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नेता एवम् पुर्व वडाध्यक्ष लखिन्द्र प्रसाद यादव ५ सय ५९ मत ल्याउन सफल भएका छन् ।
वडा नम्बर -६ मा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालकै संजय कुमार कुल मत १ हजार ५ सय ६७ (१,५६७)मत मध्ये ५ सय ८५ (५८५)मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् ।
वडा नम्बर -७ मा नेपाली काँग्रेसका सतेन्द्र प्रसाद यादव कुल मत १ हजार ४ सय ८० (१,४८०) मध्ये ५ सय ८२ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन ।उनका निकटतम प्रतिद्वन्द्वी विकास कुमार सिँह ४ सय ४३ (४४३) मत ल्याउन सफल भएका छन् ।जसपाका रामनारायण प्रसाद मण्डल ३ सय ४७ (३४७ ) मत ल्याई तेस्रो स्थानमा पर्न सफल भएको।
देवताल गाउँपालिकामा १ वडा बाहेक सबैमा नयाँ जनप्रतिनिधि आएकोले विकासको लहर नै आउने समाजसेवी नेपाल परिवार दल बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले बताउनुभयो । जित भएपछि जसपाका नेता कार्यकर्ताहरुले विजयी जुलुस समेत निकालेका छन् ।