इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानको टेलिभिजन कर्पोरेशन पीटीभीले एकजना पत्रकारलाई बर्खास्त
एजेन्सी – इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानको टेलिभिजन कर्पोरेशन पीटीभीले एकजना पत्रकारलाई बर्खास्त गरेको छ ।
किस्तानी मूलका अमेरिकीहरुको प्रतिनिधिमण्डलबाट इजरायलको भ्रमणमा गएको भन्दै पीटीभीले पत्रकार अहमद कुरैशीलाई बर्खास्त गरेको पाकिस्तानी सूचनामन्त्री मरियम औरङजेबले बताइन् ।
उनी निजी भ्रमणमा त्यहाँ गएको र पाकिस्तानको विदेश मामिला मन्त्रालयले उनको भ्रमणको निन्दा गरेको समेत जनाइएको छ । समाचारमा जनाइएअनुसार पाकिस्तानबाहिर सञ्चालित एक गैर सरकारी संस्थाले आयोजना गरेको भ्रमणमा उनी इजरायत पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
पाकिस्तान प्यालेस्टाइनको पक्षमा अडिग नै रहेको बताउँदै सूचनामन्त्री औरङजेबले पाकिस्तानी जनताको भावनाविरुद्ध जान नहुने समेत बताइन् ।
प्यालेस्टाइनसँग मध्यपूर्वमा सार्वभौमिकताको विवादमा रहेको इजरायललाई पाकिस्तान लगायत बहुसंख्यक मुसलमान धर्मावलम्बी रहेका मुलुकहरुले सार्वभौम मुलुकको मान्यता समेत नदिएको बताइन्छ । यस्ता मुलुकले आफ्ना नागरिकलाई इजरायलमा जान प्रतिबन्ध लगाएका छन् ।