Modern technology gives us many things.

ओली र प्रचण्ड पुनर्मिलाउन गराउ चिनियाँ नेता लिउ आउदै

107

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ नेपाल भ्रमणमा आउने भएका छन् । लिउ आइतबार चार दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त भए लगत्तै लिउले नेपालका राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरेका थिए ।

लिउले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, असार १० गते एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ गते परराष्ट्र मन्त्री नारायण खड्कासँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।

नेपालमा नेपाल कम्युनिष्ट पार्टी बनाउन चीनको मुख्य भूमिका रहेको मानिन्छ । तर नेताहरूका व्यक्तिगत स्वार्थीका कारण नेकपा टिक्न सकेन विभाजनको सङ्घारमा पुगेको थियो । अहिले चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ ।

भ्रमणका क्रममा उनले शीर्ष नेतासहित राष्ट्रपतिलाई भेट्नेछन् ।

Leave A Reply

Your email address will not be published.