Modern technology gives us many things.

नेकपा एमालेमा बलियो उमेदवारको रुपमा राजमहम्मद राय प्रस्तुत हुदै।

279

रमेश साह
बारा/ कलैया २० भदौ
नेपाल कम्युनिस्ट पार्टी एमाले बारा क्षेत्र:-३ को `ख´को बैठकले राजमहम्मद राय लाई मधेस प्रदेस सभा सदस्य उमेदवारको रुपमा सिफारिस गरेकोछ।

राय करिब चार दसक देखि राजनीतिमा सक्रिय  रहदै विभिन्न जिम्मेवारी निर्वाह गरेकाछन।
रायको जन्म कलैया उपमहानगरपालिका -१८ मोतिसर टोलमा २०२६ सालमा भएको बुवा योगेन्द्र राय किसान भएकोले किसानको पीडा हेर्दै २०४२ सालमा तत्कालीन माले पार्टीको प्रवेश पत्र प्राप्त र पार्टिको गाउँ कमिटी सचिवमा कार्य गरि सक्रिय भुमिका निर्वाह गर्दै राजतन्त्र बिरोधमा आन्दोलन  गर्ने क्रममा २०४६ साल फाल्गुन १४ गते कालो झन्डा बाध्ने क्रममा आफनै गाउँ मोतिसरबाट प्रहरी हिरासतमा परिरेका राय प्रजातन्त्र बहाल भए पछि  २०४७ सालमा पार्टी संगठित सदस्यता प्राप्त गर्दै गाउँ कमिटी सचिव भए २०४९ सालमा बिरगंज चिनी कारखाना संचालन गराउने गरिएको आन्दोलनको क्रमामा घाइते भएको अवस्थामा लिपनिमल देखि गिरफ्तार भएका थिए ।२०५५ सालमा इलाका कमिटी सदस्य पार्टी बिभाजन हुदा एमालेमा कार्यरत हुँदै प्र.रा.यु.संघको जिल्ला कमिटी सदस्य २०५६ सालमा क्षेत्रीय कमिटी सदस्य तथा इलाका कमिटी सचिव र क्षेत्रीय कार्यालय सचिव २०५७ सालमा एमाले जिल्ला कमिटी सदस्य र इलाका  नम्बर १४ को इन्चार्ज २०५८ साल नेपाल मुस्लिम इत्तेहाद संगठनको नारायणी अंचल सचिव हुँदै नारायणी अंचल अध्यक्ष ,२०५९ नेपाल इत्तेहाद संगठनके केन्द्रिय सदस्य,२०६० साल देखि जिल्ला सचिवालय सदस्य तथा इलाका नम्बर १४ को इन्चार्ज ,२०६३ साल जनआन्दोलन  नगर निर्वाचन तथा निरंकुशता बिरोध आन्दोलनमा कलैयाबाट गिरफ्तार भइ १६ दिन हिरासतमा २०७४ सालमा नेपाल हज कमिटी सदस्य मनोनीत हुँदै हाल मदन भण्डारी फाउन्डेसन केन्द्रिय सदस्य तथा मधेस प्रदेस अध्यक्ष,नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रिय सचिवालय सदस्य तथा बारा जिल्ला इन्चार्ज, नेकपा एमाले मधेस प्रदेस कमिटी सदस्य रहेको राय एक सर्वभरा बर्गबाट रहेको रायको अध्ययन बि. एड. हासिल गरेका छन भने राजनीति शास्त्रमा एम. ए.ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत रहेकाछन।
बिगतको विभिन्न जिम्मेवारी लाई सकुशल निर्वाह गरेका र अहिलेसम्म निरन्तर पार्टिको काम गर्दै आएको हुदा राय बलियो उमेदवारको रुपमा रहेको प्रभु साहले जानकारी गराए।

Leave A Reply

Your email address will not be published.