मेरो घर दुई पल्ट जलेकोछ जलाउने नै अहिलेको यहि क्षेत्रमा उम्मेदवार छ:- उम्मेदवार सिंह
बारा,जितपुर सिमरा
बामलोकतान्त्रिक गठबन्धनले आफ्नो चुनावी अभियान अन्तरगत जितपुर सिमरा:-१८ लामिडाडामा कोणसभा गरेकोछ।
अहिले सम्म कसैको एक रुपिया खाएको प्रमाणित गर्दिनु आजै उम्मेदवारी फिर्ता लिन्छु भोलि गठबन्धनले नै देशको हितमा कार्य गर्ने,मधेस आन्दोलनको बेला मेरो घर जलेको थियो जो अहिले यहि जनता समाजवादी पार्टिको क्षेत्रमा उम्मेदवार छ त्यसै नेतृत्व मेरो घर जलेकोछ यो पहाडी मधेसीको नारा लगाउदै हिडने यता कसरी भोट माग्ने हाम्रो नारा सबै नेपाली एक हौं बामलोकतान्त्रिक गठबन्धन बारा क्षेत्र:-३ उम्मेदवार लालबाबु सिंह भुमिहारले आफनो मन्तव्य राखे भने राजकिशोर साहले जानकारी गराए।
नेपालको संविधानको रक्षा गर्ने यहि लोकतान्त्रिक गठबन्धनले गरेको र भोलि संघियता बचाउन नै यहि गठबन्धनले गर्छ,भोलि गठबन्धन रहन्छ कि रहदैन तर जुन भोट अहिले गठबन्धनले भोट पाउछ त्यसको संरक्षण गर्ने कार्य मबाट हुन्छ आज हैन भोलि पनि हामी संगै हुन्छौ बारा क्षेत्र:-३ (क)बामलोकतान्त्रिक उम्मेदवार मुकेश साहले आफनो मन्तव्य राखे भने आदिल अंसारिले जानकारी गराए।
संविधान सभा सदस्य जयराम दहालको प्रमुख आथित्वमा र जितपुर सिमरा उपमहानगरपालिका वडा:-१८ काङ्ग्रेस सभापति कृष्ण प्रसाद वागलेको अध्यक्षतामा भएको कार्यक्रममा सोनालाल साह,शान्ती तामाङ, मनोज भट्ट,,राजेश भण्डारी ,लालबहादुर चौधरी,श्याम कुमार मगर,देबेन्द्र पंडित,धुर्ब लामा, राजेश सिंह,भरत भण्डारी,बिक्रम साह,राजेश्वर कुश्वाहा,संदिप यादव,संदिप गुप्ता,जयराम यादव,नवराज संजेल लगायतका अगुवा कार्यकर्ता सहभागिता रहेको थियो।