सप्तरी–२ मा उपेन्द्र यादव ५ हजार मतले पछाडि
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अग्रता कायमै राखेका छन् ।
अध्यक्ष राउतले १० हजार ७०० मत ल्याएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४ हजार ९९० मत मात्र ल्याए ।
उपेन्द्र यादव सिके भन्दा ५ हजार ७१० मतले पछाडि छन् । अध्यक्ष राउत एक्लै चुनाव लडेका थिए भने अध्यक्ष यादव जसपा–एमालेका साझा उम्मेदवार हुन् ।