मधेशराजनीतिसमाचारस्थानिय

नेपाली कांग्रेस बाराको बैठक सम्पन्न, विभिन्न निर्णय पारित

कलैया, बारा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बारा, बी.पी. स्मृति भवन कलैयामा जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

बैठकमा जिल्ला पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापतिहरू, पालिका सभापतिहरू तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरूको उपस्थिति रहेको जनाइएको छ।

बैठकले नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्यलाई समयमै सम्पन्न गर्न मातहतका निकायलाई सक्रिय रूपमा पहल गर्न निर्देशन दिएको छ। साथै, जिल्लाका विभिन्न निकायमा क्रियाशील सदस्यता फाराम भर्ने तथा बुझाउने प्रक्रियामा देखिएका ढिलाइ र अन्योलता अन्त्य गर्न आवश्यक समन्वय र व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, क्रियाशील सदस्यताको अद्यावधिक कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन जोड दिँदै नेता तथा कार्यकर्तामा अनावश्यक राजनीतिक शंका उत्पन्न हुन नदिन आग्रह गरिएको छ।

बैठकले आगामी जेठ १३ गते बुधबार बिहान ८ बजे नेपाली कांग्रेस बी.पी. स्मृति भवन, कलैयामा पुनः जिल्ला कार्यसमितिको बैठक बस्ने निर्णय समेत गरेको छ।

उक्त जानकारी कार्यवाहक सचिव अभिका प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button