Modern technology gives us many things.

नेपाल चिनियाँ नागरिकहरुको अपराधिकहरुको हब बन्दै

104

चिनियाँ नागरिकहरुको अपराधिक गतिविधिमा संलिप्त हुने ट्रान्जिट प्वाइन नेपाल हव बन्दै गएको छ । पछिल्ला समयमा नेपालमा चिनियाँ नागरिकहरु विभिन्न खाले अपराधमा संलग्न रहदै आएको हुँदा नेपाली सुरक्षा व्यवस्थालाई समेत चिन्तीत बनाएका छन् ।
अनलाइनको माध्यमबाट ठगी गरेको आरोपमा पाँच महिला सहित ९ चिनियाँ नागरिक र १० नेपाली कामदार पक्राउ परेको घटनाबाट चिनियाँ नागरिकको अवैध रुपमा अपराधिक गतिविधिको पर्दाफास गरेको यो सानो एउटा उदाहरण मात्रै हो । विभिन्न शंकाष्पद गतिविधिमा संलग्न रहेका १२२ चिनियाँ नागरिक पक्राउ परेको तीन वर्षपछि यो घटना बाहिर आएको श्रोतले बताउँछन् । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

चिनियाँ नागरिकले टेलिग्राममा ‘अपरेशन टिचर’ नामबाट अनलाइन कक्षा सञ्चालन गर्दै उपत्यकामा रहेका अवैधानिक कार्यालयबाट नेपालीलाई ठगी गर्ने गरेको पाइएको छ । । उनीहरुले नेपालीमा ब्हाट्सएप मार्फत जोड्न् टेलिग्राम मार्फत अनलाइन कक्षाहरू लिन आर्कषित गर्ने गरेका थिए । अनलाइन कक्षा लिने नेपालीलाई विभिन्न आर्कषक प्रस्ताव दिई ठगी गर्ने गरेका थिए ।

अनलाईनको माध्यमबाट ठगि गर्नेहरुमा ३३ वर्षीय ह्वाङ ह्वानरोनो, ३६ वर्षीय सुफुक्सियाङ, ३४ वर्षीय झेङवेई, ४० वर्षीय झी गुओई, २९ वर्षीय सिसुआङ डिआई, ३१ वर्षीय गाओ मिङ, ३१ वर्षीय इथाउ पीङभिङ, ३० वर्षीय चेन डुङ लिङ र ३९ वर्षीय लि जियाङ होङ रहेका छन् ।
उनीहरुलाई बूढानीलकण्ठ नगरपालिकाको माधवखोला, चपली र चण्डोलबाट पक्राउ गरिएको प्रहरी श्रोतबाट बुझिएको छ । तीनै ठाउँमा उनीहरु घर घाडामा लिएर उनीहरुले ठगी गरेको पाइएको छ ।
चिनियाँ नागरिकले टेलिग्राममा ‘अपरेशन टिचर’ नामबाट अनलाइन कक्षा सञ्चालन गर्दै उपत्यकामा रहेका अवैधानिक कार्यालयबाट नेपालीलाई ठगी गर्ने गरेको पाइएको छ । । उनीहरुले नेपालीमा ब्हाट्सएप मार्फत जोड्न् टेलिग्राम मार्फत अनलाइन कक्षाहरू लिन आर्कषित गर्ने गरेका थिए । अनलाइन कक्षा लिने नेपालीलाई विभिन्न आर्कषक प्रस्ताव दिई ठगी गर्ने गरेका थिए ।
सोझा साझा नेपालीहरु चिनियाँ प्रलोभनमा परेर ४७ लाख रुपैयाँ डुबेपछि प्रहरीमा गरिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेर अनुसन्धात्मक कारवाही चलाएपछि उक्त ठगि धन्धाको पोल खुलेको थियो ।
अनुसन्धान प्रतिवेदन अनुसार सुरुमा ती व्यक्तिलाई ३० डलर लगानी गर्न लगाइएको थियो । एक दिन पछि, तिनीहरूले ३० प्रतिशत नाफा भएको भन्दै उनको खातामा पैसा जम्मा गरेका थिए । अनलाइनमार्फत यसरी नाफा दिएपछि उनले थप लगानी गरे र उनीहरु टिपिङ प्वाइन्टमा पुगेपछि अपरेटर मध्ये एकजना गैरकानुनी कारोबार ट्र्याकिङ गर्ने अधिकारीको छन्द्भेषी रुपमा आउने गरेको तथ्य बाहिरिएको छ । यसपछि उनीहरुले खाता बन्द हुने र लगानी भएको पैसा डुब्ने गरेको छ ।
पत्रकार सम्मेलनकै क्रममा पक्राउ परेका चिनियाँ नागरिकले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन स्थित कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । त्यो दिन उनीहरुले भुइँमा सुतेर चिनियाँ भाषामा प्रहरी अधिकारीविरुद्ध नाराबाजी गरेका थिए ।
यसैबीच प्रहरीले १२ थान ल्यापटप, कम्प्युटर, सिमकार्ड, राहदानी र चार लाख नगद बरामद गरेको छ । प्रहरीको श्रोतका अनुसार पछिल्ला वर्षहरुमा नेपालमा चिनियाँ नागरिकले अपराध गर्नेको संख्या उल्लेख्य संख्यामा वृद्धि भएको पाइएको छ ।
यसैगरी ललितपुरको बुङ्गमतीस्थित आफ्नो भाडाको बस्तीमा १३, १४ र १७ वर्षका तीन बालिकालाई बन्धक बनाएर यौन दुव्र्यवहार गरेको आरोपमा एक ४९ वर्षीय चिनियाँ नागरिकलाई फरवरी २५ मा ललितपुरबाट पक्राउ गरिएको थियो । तीनै बालिकाको उद्धार गरिएको छ । पक्राउ परेका याङले ठमेलस्थित होटलमा राखेका अन्य चार नाबालकलाई पनि प्रहरीले सोही दिन उद्धार गरेको थियो ।
नेपाल प्रहरीको मानव बेचबिखन विरुद्धको ब्यूरोले गत डिसेम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई अनलाइन मार्फत मानिसहरूलाई ठगी गर्ने लाओस स्थित कल सेन्टरमा तीन जना नेपाली महिलालाई बेचबिखन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
पीडितहरूले उनीहरुले अङ्ग्रेजी बोल्ने मानिसहरूलाई अनलाइनमा प्रलोभन दिने गरेको बताएका छन् । लाओसमा आफ्नो चिनियाँ रोजगारदाताबाट भागेपछि तीन नेपाली युवतीले आफ्ना पीडादायी कथा सुनाएका थिए ।
गत वर्ष प्रहरीले तीनकुनेमा सञ्चालित कल सेन्टरमा छापा मारेर एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सन् २०१९ जनवरीमा प्रहरीले शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १२२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो भने सेप्टेम्बर २०१९ मा प्रहरीले विभिन्न बैंकको डाटा ह्याक गरी स्वचालित टेलर मेसिन (एटीएम) बाट करोडौं रुपैयाँ चोरी गरेको आरोपमा पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार नेपाल विश्व भरका पर्यटकहरूलाई विश्वासका साथ स्वागत गर्ने देश हो । नेपालमा गैरकानुनी गतिविधिमा चिनियाँ लगायत विदेशी नागरिकहरू संलग्न छन् । चिनियाँ नागरिकहरू प्राय अनलाइन सट्टेबाजीमा संलग्न भएको आशंका गरिन्छ ।
यद्यपि, अध्यागमन विभाग वा प्रहरीसँग शंकाको पुष्टि गर्ने सही प्रविधि र जनशक्ति छैन । त्यसैले, कुनै विकल्प बाँकी नहुँदा, पक्राउ परेका चिनियाँहरूलाई कारबाही अघि नै चीन पठाइन्छ । विदेशीलाई नेपालमा काम गर्न प्रतिबन्ध छैन, तर उनीहरूले श्रम स्वीकृति लिनुपर्छ । चिनियाँ नागरिक भिजिट भिसामा नेपाल आउँछन् र हरेक ६ महिनामा नवीकरण गर्छन् र अवैध रूपमा बस्ने गरेका छन् ।
चिनियाँ नागरिकहरु विश्वभर नै सुन, डलर, वन्यजन्तुका भागहरू, जडीबुटी तस्करी, ह्याकिंग, मानव अपहरण, हत्या प्रयास, मानव बेचबिखन, लागूऔषध ओसारपसार, अनलाइन ठगी र अवैध चिकित्सा अभ्यास लगायत विभिन्न अवैध कारोबारमा संलग्न भएका छन् । नेपाली अधिकारीले नेपालमा चिनियाँ गतिविधि अत्याधिक बढेको र नेपाल ‘चाइनाटाउन’ को हव बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.