उपेन्द्रका लागि चुनाव खर्च १४ कराेड बाेकेर चिनियाँ प्रतिनिधि बारामा, प्रदेशमा पनि ब्रह्मलुट
कलैया । वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उपेन्द्र यादवलाई जिताउन चिनियाँ प्रतिनिधिहरु बारामा सक्रिय भएका छन् ।
पैसाको खोलो बगाएर नतिजा प्रभावित पार्ने उद्देश्यले आर्थिक सहयोग बाेकेर चिनियाँ एजेण्टहरु बारामा सक्रिय भएका हुन् । चिनियाँ छत्रछायाँमा राजनीति गर्दै आएका उपेन्द्रलाई चुनाव खर्च बाेकेर चिनियाँ एजेण्टहरु बारामा सक्रिय भएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।
स्रोतकाअनुसार मतदाता किन्न, भोज-भतेर गर्न तथा कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न भनेर १४ करोड रुपैयाँ लिएर चिनियाँ एजेण्ट दिपक भट्ट तथा मनोजमान श्रेष्ठ बारामा खटिरहेका छन् । उनीहरुले विभिन्न पक्षसँग समन्वय गरेर गठबन्धनका उम्मेदवार उपेन्द्रलाई जिताउन पैसा बाँडिरहेकाे एक सुरक्षा अधिकारीले दाबी गरे ।
मधेशमा मन्त्रीहरुको चन्दा आतंक
एकातिर चिनियाँ प्रतिनिधिहरु चुनावी खर्च बाेकेर हिँडिरहेका अर्कोतिर उपेन्द्रले आफ्नो पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारका मन्त्रीमार्फत ब्रह्मलुट मच्चाएका छन् ।
चन्दा उठाउन उपेन्द्रको निर्देशन पाएका मधेश सरकारका अर्थमन्त्री संजय यादव, मन्त्री शिंहासन साह कलवार तथा मन्त्री सुरिता साह ठेकेदार, व्यापारी तथा धनाढयहरुमाथि आतंक शुरु गरेको पीडित एक व्यापारीले बताए । ‘उपेन्द्रजीको आदेश हो, चुनावमा सहयोग गर्नुपर्यो भनेर मन्त्रीज्यूले चन्दा माग्नुभयो । आर्थिक मन्दी भएका बेला हामीले कहाँबाट जुटाउने, नदिए भोलिका दिन ब्युपार गर्न अफ्ठेरो हुने । ऋण काढेर केही रकम सहयोग गरेको छु,’ एक व्यापारीले भने ।
उपेन्द्रले प्रतिमन्त्री २ करोड रुपैयाँ माग गरेपछि उनीहरुले त्यस्को जोहो गर्न भनी जसपाका मन्त्रीहरुले चन्दा आतंक शुरु गरेको प्रदेश सरकारमै रहेका अन्य दलका मन्त्रीले दाबी गरेका छन् । नेपालपाना