Modern technology gives us many things.

महेन्द्र राय यादव पनि कुशवाहा संग

87

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव पनि जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा प्रति मौन समथन जनाएको भरपर्दो सुत्रले बताएको छ ।
सुत्रका अनुसार भोली अर्थात आइतवार हुन गइरहेको उपनिर्वाचनमा बारा क्षेत्र नम्वर २ मा जनमत पार्टीबाट उम्मेदवारी दिएका कुशवाहाको पक्षमा मतदान गराउन आन्तरिक रुपमा तयारी गरिउको हो । पाँच दलिय गठबन्धनको साझा उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट पराजित भएपछि बारा २ मा प्रतिनिधि सभामा जाने बाटो खोजिदै चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
मधेशवादको वकालत गर्ने, मधेशी जनताहरुको अधिकारलाई सुनिश्चित गराउने, मधेशलाई सुखी र विकसित बनाउने, नागरिकता समस्या समाधान गराउने लगायतका आत्मनिर्णयको अधिकार सहित समग्र मधेश एक प्रदेशको सस्तो नारा दिएर ८ जिल्लामा मधेशलाई सीमित पार्ने मधेशी मसिहालाई मधेशका जनताहरु राम्ररी ढंगबाट चिनिसकेको हुँदा विस्तारै विस्तारै मधेशवादी नेताहरु पनि उनको विपरित लागि परेको देखिन्छ ।
नेसपाका अध्यक्ष महेन्द्रले आफना कार्यकर्ताहरुलाई आन्तरिक रुपमा जनमतका शिवचन्द्र कुशवाहालाई सघाउने निर्देशित गरिसकेको विश्वस्त सुत्रले जानकारी दिए ।
स्मरणीय छ कि जसपा अध्यक्ष उपेन्द्रको विचार र कार्यशैलीबाट उनकै पार्टीका कतिपय नेताहरु आन्तरिक रुपमा उपेन्द्रको विरुद्धमा लागेको श्रोतले दाबी गरे ।

Leave A Reply

Your email address will not be published.