चीनले प्रधानमन्त्री दाहाललाई भन्दा अघि एमाले नेतालाई चीन भ्रमणमा किन बोलायो ?
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने भएको छ । एमाले महासचिव शंकर पोखरेल नेतत्वको टोली अर्को साता तिब्बतको गोञ्जाउहुँदै चीनको राजधानी बेइजिङ जाने भएको हो ।
महासचिव पोखरेल नेतृत्वको एमालेको प्रतिनिधि मण्डल झण्डै दुई साता चीन बस्नेछ । स्रोतका अनुसार एमाले नेताहरू आइतबार बेइजिङ प्रस्थान गर्नेछन् ।
महासचिव पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग छलफल गर्ने एमालेका एक नेताले बताए । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले एमाले प्रतिनिधि मण्डललाई चीन भ्रमणको निम्तो दिएको हो । ‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महासचिव नेतृत्वको उच्चस्तरीय टोली चीन जाँदैछ,’ एमालेका ती नेताले भने ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारीका लागि गुरुङ चीन पुगेर फर्किसकेका छन् । गत साउन ३१ गते चिनियाँ जनमुक्ति सेनाको उच्च टोलीसमेत काठमाडौं आएको थियो ।
त्यसअघि साउन ७ गते सत्तारुढ माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली नेपाल आएको थियो ।