बेइजिंगमा रहेका इजरायली दुतावासका कर्मचारी माथि आक्रमणः इजसायली विदेश मन्त्रालयको दाबी
चीनको बेइजिंगमा रहेका इजरायली दूतावासका एक जना कर्मचारी माथि शुक्रवार आक्रमण भएको इजरायलले चीनमाथि आरोप लगाएका छन् ।
बेइजिंगमा रहका इजरायली दुतावासका कर्मचारी माथि आक्रमण हुनु निन्दनीय भएको इजरायली विदेश मन्त्रालयले आपत्ती जनाएपनि चीनको विदेश मन्त्रालयले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
Related Posts
बेइजिङमा इजरायली दूतावासका एक इजरायली कर्मचारीमाथि आक्रमण भएको छ, विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ, आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।’ इजरायली विदेश मन्त्रालयले भनेको छ ।
गत शनिबार हमासका विद्रोहीहरुले इजरायलमा हमला गरेपछि १२०० भन्दा बढीको हत्या र करिब १५० जनालाई बन्धक बनाएको थियो । साही घटना पछि चीनमा रहेका दूतावासका कर्मचारी माथि आक्रमणको घटना हुनु सुनियोचित षड्यन्त्र भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
इजरायलले बदला स्वरूप गाजापट्टीमा हमासका अखाडाहरूमा हवाई आक्रमण सँगै तोप वर्षाएर १३५० बढीलाई मारेको छ । हमासले इजरायली र यहुदीमाथि हमला गर्नका लागि विश्वभरका आफ्ना समर्थक सँग शुक्रबार ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको इजरायली विदेश मन्त्रालयले वेबसाइट मार्फत जारी गरेको विज्ञप्तिमा चेतावनी दिएको छ ।