Modern technology gives us many things.

सुवर्ण गाउँपालिकामा डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ्ग (प्राविधिक शिक्षा) उद्घघाटन कार्यक्रम सम्पन्न

150

बाराको सुवर्ण गाउँपालिकाको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कवहीगोठमा डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ्ग (प्राविधिक शिक्षा) उद्घघाटन गाउँपालिका प्रमुख राजेश प्रसाद यादवको अध्यक्षता तथा बारा जिल्ला क्षेत्र नं. २ (ख) को प्रदेश सभा सदस्य बच्चा राउत अहिरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ्ग (प्राविधिक शिक्षा) उद्घघाटनको साथ साथै बिधार्थीहरुलाइ पढाउनको लागि डिजिटल बोर्ड प्रमुख अतिथी बच्चा राउत अहिरले रिबन काटी उद्घघाटन गर्नु भएको थियो । साथै मन्तव्यको क्रममा तपाइहरुको आर्शिवाद र मनमतले जितेर गए देखि नै आफ्नो कर्तव्य निर्वाह गर्दै आइरहेको छु । जब देखि प्रतिनिधी बनेको छु तब देखि विधालयहरुमा शिक्षा प्रति लगानी गर्दै आएको छु ।

गा.वि.स. अध्यक्ष भएको बेला जुन बेला केही थिएन पैसाको धेरै अभाव थियो त्यो बेला यस क्षेत्रमा सबै भन्दा पहिला हाइस्कुल स्थापना गराए । तपाइहरुको साथ सहयोगले यो विधालयको उन्नति प्रगति भएको छ । यदि म जिनेर नगएकोभए यो प्राविधिक शिक्षा यस विधालयमा आउने वाला थिएन । जब देखि म जितेको छु तब देखि विधालयहरुमा प्राविधिक काम जारी छ ।

यहीको पुरानो विधालय भवन भएको ठाउँमा मेरो पहलमा ५० लाखको लागतमा कन्या विधालय बनाउने काम पनि ५/१० दिनमा शुरु हुन्छ । यस विधालयलाइ नमूना विधालय बनाउन मेरो लक्ष्य रहेको छ । यस विधालयमा कम्प्यूटर इन्जिनियरिङ्ग मात्र होइन सबै किसिमको प्राविधिक शिक्षाको पढाइ होस भनि मेरो सोच छ । मेरो क्षेत्रमा पर्ने अधिकाशं विधालयमा मेरो लगानी छ । यदि बाहिरको विधार्थी यहाँ आएर पढन चाहेमा आउने दिनमा छात्रावासको पनि व्यवस्था मिलाउने छु भनि आफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले जुन एउटा थप जिम्मेवारी म माथि आयो त्यसको लागि यस विधालयमा प्राविधिक शिक्षाको शुरु गर्ने शिक्षक गुरुलाइ नमन गर्न चाहन्छु । यो ऐतिहासिक काम जुन CTEVT बाट स्वीकृत गराइ ल्याउनु हुने बारा जिल्ला क्षेत्र नं. २ (ख) को प्रदेश सभा सदस्य बच्चा राउत अहिर तथा यस विधालयका पूर्व प्रध्यापक इद्रिश मिया सरलाइ पालिका तथा मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु । जहाँ सम्म यो कक्षा संचालनको कुरा छ यो पढाइलाइ अगाडि बढाउन पालिकाबाट हरेक सयममा हरेक दिन २४ घण्टा यस विधालयको काधमा काध मिलाइ जान तयार छ । यति मात्र हैन पालिका भरी रहेको सम्पूर्ण विधालयलाइ सम्मान रुपले हेर्छु र हरेक विधालयमा पढाइ कसरी राम्रो हुन्छ भनि म आफै स्वयं सबै विधालयमा अनुगमन गर्दछु । जुन आज उद्धघाटन भयो यसको दिन दुगुना रात चौगुना प्रगति होस र विधार्थी भाइ बिहिनीहरुको पढाइको उज्जवल भविष्यकको कामना गर्दछु । भनि आफ्नो मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा CTEVT HA गरी हाल काठमाडौं IOM मा BPH मा अध्ययनरत सुवर्ण गाउँपालिका वडा नं. १ बगही निवासी सन्दिप यादवले १ लाख ५१ हजार रुपैयाँ आफ्नो तर्फ बाट सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा सुवर्ण गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ८ सम्मका वडा अध्यक्ष, विभिन्न पार्टीका प्रतिनिधि, भद्र भलादमी, शिक्षक, विधार्थीहरुको उपस्तिथी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.