कटवासीमाई पाँच बर्षिय मेला मुल समितिको कार्यालयको उद्घाटन
बारा, १८ मंसिर
कटवासीमाई पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको उद्घाटन कार्यक्रम आज सोमबार सम्पन्न भएको छ । महागढीमाई नगरपालिका वडा नं ७ अवस्थित तेलगाईमा कटवासीमाई मन्दिर अगाडि पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको उद्घाटन नगरप्रमुख उपेन्द्र यादवले गर्नु भएको छ । नगरप्रमुख उपेन्द्र यादवले मुल समिति कार्यालयको उद्घाटन गर्दै कटवासीमाई मेलामा आउने भक्तजनको लागि कडा शान्ति सुरक्षाका साथ मेला भब्य र सभ्य लाग्ने बताउनु भएकोछ ।
मेलामा आउने भक्तजन दर्शनार्थीहरुको लागि खानेपानी , शौचालय ,र बासको ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर मेला समितिले ब्यवस्थापन गरिरहेको छ ।कटवासीमाई मंन्दिर सम्म पुग्न नगरपालिकाले सडक बाटोघाटो र बिजुली बतीको ब्यवस्थापन गरिसकेकोछ । मेला पछि कटवसीमाई मंन्दिर समेत निर्माण गर्ने नगरपालिकाका नगरप्रमुख यादवले बताउनु भयो । मेलालाई भब्य र सभ्य बनाउनका लागि दुई किलो मिटर मित्रमा जुवा रक्सी बन्द गर्नु पर्छ । जुवा रक्सी बन्द नभएमा मेला शान्ति सुरक्षामा सुचौती पनि बढन सकिन्छ। मेला जुवा तास रक्सी बन्द रहने बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु हुन्छ ।
मेलामा भारतीय भक्तजन आउनमा कुनै किसिमको बाध नहुने र भारतीय समान आउन जानमा कडाई हुनेछ । मेलामा आउने भक्तजनको लागि अझ थप सहुलियतको लागि माथिल्लो निकाय र गृहमन्त्रालयसंग समन्वय गरेर सहज गर्ने सापकोटाले जनकारी गराउनु भयो । तराई मधेस जिल्लाको विभिन्न शक्ति पीठ मध्ये कटवासीमाई पनि एक शक्ति पीठ हो कटवासीमाईको पूजा एवम मेलामा बढी भक्तजन आउने गर्छन।कटबासीमाई मेलामा आउने भक्तजनलाई गाउँबासी नगरबासी र जिल्लाबासीले आ आफ्नो ठाउँ बाट भक्तजनलाई संरक्षण गरिदिनको लागि संबिधान सभा सदस्य रामजोध्या यादवले आफ्नो मन्तव्य राख्नुको साथै थप ब्यपार ब्यवसाय गर्ने ब्यपारीहरुको लागि मेलामा सहज बनाउन प्रशासनलाई आग्रह गर्नु भयो ।
बिश्व प्रसिद्ध गढीमाई जस्तो कटवासीमाईको पुजामा पांच बर्षमा पांच किसिमको बली दिने चलन रहेको छ ।रंगा ,बोका , कुखुरा ,सुगर ,परेवा , दिने गर्छन तर बोकालाई उल्टाएर बली दिने चल्न रहेको महागढीमाई नगरपालिका वडा नं ७ का अध्यक्ष एवम कटवासीमाई मेला मुलसमिती अध्यक्ष शिवबेन्द्र प्रताप सिंहले बताउनु भएको छ ।मेलामा मनोरञ्जनको लागि विभिन्न किसिमको झुलुवा , खेल तमासा , लगाएत आउने गर्छन मेला मंसिर २७ गते देखि ५ गते सम्म लाग्ने गर्छ । मंसिर २७ गते कलश यात्रा र बली पुष ३ गते हुने मुलसमितीको अध्यक्ष प्रताप सिंहले जनकारी गराउनु भएकोछ ।
वडा अध्यक्ष शिवबेन्द्र प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्ब राष्ट्रिय सभा सदस्य रामेश यादव , सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव , जसपाका केन्द्रिय सदस्य रामकिशोर यादव , नेपालेर कांग्रेसका भैयाराम यादव , जिल्ला प्रहरी कार्यालयका उपरीक्षक सुरेश कफ्ले , शस्त्र प्रहरी जिल्ला उपरीक्षक , वडा अध्यक्षहरु , पत्रकार ,क्रमचारी सर्बसधारण लगाएत अन्य क्रमचारी र जनप्रतिनिधिको उपस्तिथि रहेको थियो ।कार्यक्रमको संचालन मोतिलाल कुशवाहाले गरेको थियो ।