Modern technology gives us many things.

विश्व प्रसिद्ध गढीमाई मेलाको मुख्यमन्त्री सिंहद्वारा अवलोकन तथा निरीक्षण

9

मंसिर १३ बारा___ बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा यही मंसिर १ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढिमाई मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको छ । विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले केन्द्र देखि लिएर प्रदेश मातहतका मन्त्री , मुख्यमंत्री राजनीति दलका नेता लगाएत हरेक पार्टीका नेताहरु अहिले मेलाको अवलोकन तथा निरिक्षण गर्ने गरेको मेला मुल समितिले जनाएको छ ।

यसै क्रममा बुधवार मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्नु भएको छ । गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्नु अगाडि मुख्यमन्त्री सतिश कुमार सिंहले गढीमाई मन्दिरमा पुगेर दर्शन गरेर पूजा समेत गर्नु भएको मेला मुल समितिले जनाएको छ ।

गढीमाई मेलालाई सभ्य र भब्य बनाउनको लागि आफुले प्रदेशका विभिन्न मन्त्रीलाई मेलाको अवलोकन तथा निरीक्षण गर्न पठाएको मुख्यमन्त्री सिंहले बताउनु भयो । गढीमाई मेलालाई सफल बनाउन मधेश प्रदेश लागि परेको र मधेश प्रदेश सरकार आवश्यक पर्ने उपकरण लगाएत अन्य समाग्री सहयोग गर्न तयार रहेको मुख्यमन्त्री सिंहले बताउनु भयो । गढीमाई मन्दिरलाई विश्व सम्पदाको सुचिमा समावेश गर्नको लागि प्रदेश सरकारले केन्द्र सरकारलाई खचखचाउने मुख्यमन्त्री सिंहले बताउनु भयो ।गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्न आउनु भएको मुख्यमन्त्री सतिश कुमार सिंहलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले फूलमाला लगाई स्वागत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.