Modern technology gives us many things.

भारतबाट १ बोरा मल ल्याउन नपाउने अनि चिनबाट १०० किलो सुन कसरी आयो ? – नेता यादव

151

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा अनुसन्धानका लागि भन्सार विभागको छुट्टै टोली खटिएको छ । बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेसँगै विभागले अनुसन्धानका लागि टोली खटाएको हो । विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ । सो प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम र ठेगाना खुलेको छ । जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल,  मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् । विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ ।

भारतबाट १ बोरा मल ल्याउन नपाउने अनि चिनबाट १०० किलो सुन कसरी आयो ? – नेता यादव
प्रदेश सभा सदस्यमा मधेश प्रदेशका मुख्य मन्त्रि सरोज यादवलाइ टक्कर दिएका युबा नेता संजय यादबले तराई-मधेशलाई विभेद गर्ने गरी राज्यले शासन व्यवस्था चलाइरहेको बताएका छन्।
संघिय अनलाइन संग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘उत्तरबाट किलोमा होइन क्विन्टलमा सुन तस्करी हुँदा केही हुँदैन तर दक्षिणबाट सय रुपैयाँको सामान ल्याउँदा पनि भन्सार लगाइन्छ’, उनले भने, ‘मधेश जहिले पनि अपहेलित भयो। अहिले मुलुकमा दुईवटा कानुन छन्। एउटै देशमा दुई कानुन छन् । मधेशमा कानुन फरक छ अन्त फरक छ।’सय रुपैयाँको सामान ल्याउँदा पनि भन्सार लगाइन्छ’, उनले भने, ‘मधेश जहिले पनि अपहेलित भयो। अहिले मुलुकमा दुईवटा कानुन छन्। एउटै देशमा दुई कानुन छन्। मधेशमा कानुन फरक छ अन्त फरक छ।’ एक प्रश्न को जवाफ दिदै नेता यादबले भने -“अहिले किसान संग मल छैन। भारत बाट सरकारले १ बोरा मल ल्याउन दिन्न तर राज्यको सेटिङ्गमा अहिले १०० किलो सुन आएको छ चिनबाट। यो कस्तो देश हो जहा जनतालाइ काम गर्न नदिने अनि माथि माथि लुटेर सरकार बस्छन।
उनले सय रुपैयाँमा कात्रो पनि नआउने अवस्थामा भन्सार लगाइएको बताए। ‘सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाइएको छ। सयमा कात्रो र कफन पनि आउन्न’, उनले भने, ‘चीनबाट आउने विभिन्न नाकाबाट ठूलो मात्रामा सामान आउँछ। लाखौँको सामान आउँछ। विमानस्थलका भन्सारहरुमा दुइटा मोबाइल र टीभी लत्ताकपडा ल्याउन दिन्छन्। तर भारतबाट आउनेलाई कसिन्छ।’

यादबले चीन र विमानस्थलबाट आउनेलाई भने सरकारको कानुनले नछोएको तर्क गरे ।

Leave A Reply

Your email address will not be published.