Modern technology gives us many things.

तनहुँमा गोविन्द, चितवनमा रवि र बारामा कुशवाह जित्दै!

135

काठमाडौं – वैशाख १० गते हुने उपनिर्वाचनमा मिश्रीत परिणाम आउने भएको छ । उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रमा गरिएको एक मत सर्वेक्षणले यस्तो देखाएको हो ।

तनहुँ नेपाली कांग्रेसले नै जित कायम गर्ने देखिन्छ  । तनहुँ १ मा कांग्रेसका गाेविन्द भट्टराईले जित्ने सर्वेक्षणबाट देखिएकाे छ । यसअघि कांग्रेसले जितेकाे साे क्षेत्रमा भट्टराईकाे पक्षमा मतदाताकाे सेन्टिमेन्ट देखिएकाे छ । १ हजार ९ सय ३० मतदातासँग गरिएकाे सर्वेक्षणमा १ हजार ३० ले रूखमा मत दिने बताए भने ४ सय ७० ले  घण्टी र ४ सय ३० मतदाताले सुर्य चिन्हमा मत दिने बताए । विकासप्रेमी र स्थानीय पनि भएकाले कांग्रेसका भट्टराईले चुनाव जित्ने सम्भावना सर्वेक्षणले देखाएकाे छ । यहाँ एमालेबाट सर्वेन्द्र खनाल र स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले मैदानमा छन् ।

विगतमा रामचन्द्र पाैडेल उठ्दा गाेविन्दराज जोशीका कारण विपक्षमा परेको अधिकांश मत यसपटक भट्टराईलाई पर्ने देखिएको छ । `जोशीले समर्थन जसलाई गर्यो उसलाई मत हाल्ने कुरा हुन्न । हिजाे रामचन्द्र हुँदाको कुरा भिन्न हो,´ जोशी निकट स्थानीय नेताले नाम नखुलाइदिन आग्रह गर्दै भने, `पार्टीले हामीमाथिको कारवाही फुकुवा गरिसक्यो । जोशी सरसँग सति जाने कुरा हुन्न । रूखलाई जसरी जिताइन्छ ।´

त्यस्तै चितवन २ मा भने मंसिर ४ मै निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै पल्लाभारी देखिएको छ । सो क्षेत्रका सबै वडाका २७ सय मतदातासँग गरिएकाे कुराकानीमा १ हजार १  सय ५२ घण्टीमा, ८ सय ४८ ले रूख र ७ सयले सुर्यमा मत दिने बताएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेसहित कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्याैपाने उम्मेद्वार छन् । वैशाख १० काे निर्वाचनमा भन्दा यसपटक मतान्तर भने धेरै फरक नपर्ने मतदाताहरूकाे विश्लेषण छ  ।

उता बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाह बलियो देखिएका छन् । २ हजार ९ सय ७० मतदातामा गरिएकाे सर्वेक्षणमा कुशवाहकाे अग्रता देखिएको छ । सो क्षेत्रमा सत्तागठबन्धनबाट जसपाका उपेन्द्र यादव र स्वतन्त्र पार्टीका रमेश खरेल मैदानमा छन् । कुशवाह र यादवबीच यहाँ कडा टक्कर देखिन्छ  । सर्वेक्षणमा सहभागि मतदाताको सेन्टिमेन्ट जनमत पार्टीका उम्मेदवार कुशवाहको पक्षमा बलियो देखिन्छ । ९ सय ४० ले हर्न छापमा मत हाल्ने बताए भने ७ सय ६० मतदाताले जसपा र ५ सय १० ले घण्टी छापमा मत हाल्ने बताए भने ४ सय ६० ले सुर्यमा मत हाल्ने बताए । याे क्षेत्रमा अहिले यादवविरोधी भावना राख्नेहरूले जनमत पार्टीलाई विकल्पका रूपमा हेरेका छन् ।

Leave A Reply

Your email address will not be published.