अन्तर्राष्ट्रियअर्थतन्‍त्रकर्णालीकृषिखेलकुदगण्डकीप्रदेश समाचारबागमतीमधेशराजनीतिराष्ट्रियलुम्बिनीविचारशिक्षासमाचारसुदूरपश्‍चिमसूचना प्रविधिस्थानियस्वास्थ्य

सुवर्णमा रक्तदान अभियान: युवाको सक्रियतासँगै २४ जनाद्वारा रक्तदान

बारा, १२ बैशाख
बाराको सुवर्ण गाउँपालिकामा युवाहरूको पहलमा आयोजित बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जेनजी एण्ड यूथ अफ बाराको सुवर्ण गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा एक जना महिला सहित २४ जनाले रक्तदान गरेका छन्।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ। रक्तदान जस्तो सेवामूलक कार्यमार्फत समाजमा सहयोग र सहकार्यको भावना अभिवृद्धि हुने विश्वास लिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवलले युवाहरूको यस्तो पहल प्रशंसनीय भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समाजमा मानवता र सहयोगको सन्देश फैलाउने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो।
त्यसैगरी बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य चन्दन कुमार सिंह र क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले कार्यक्रमस्थलमै पुगेर रक्तदाताहरूलाई हौसला प्रदान गर्नुभएको थियो। उहाँहरूले रक्तदानलाई जीवन रक्षासँग प्रत्यक्ष जोडिएको कार्य भन्दै नियमित रूपमा यस्ता अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सौरभ पाण्डे, धर्मवीर यादव, प्रशान्त यादव, सुरज साह, दिपेन्द्र साह, सुरज खनाल, राजु कुमार यादव तथा तमन्ना अलीलगायतको उपस्थिति रहेको थियो।
आयोजक समितिले रक्तदान जस्तो अभियानले समाजमा आपसी सद्भाव, एकता र सेवाभाव प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button