प्रदेश समाचारमधेशसमाचारस्थानिय

कांग्रेसभित्र असन्तुष्ट पक्षको मधेशमा छुट्टै प्रदेश भेला

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला संस्थापन पक्षप्रति असन्तुष्ट नेताहरूले मधेश प्रदेशमा छुट्टै प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरेका छन् । पूर्वउपसभापति विमलेन्द्र निधि, उपसभापति पूर्णबहादुर खड्कानिकट नेताहरू तथा अन्य असन्तुष्ट समूहको पहलमा जनकपुरधाममा आयोजित भेलामा मधेशश प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

आठ जिल्लामध्ये महोत्तरीका सभापति नागेश्वर यादव र बाराका सभापति राजेशप्रसाद राय यादव पनि भेलामा सहभागी भएका थिए । बाराका सभापति राजेशप्रसाद राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा विमलेन्द्र निधि सहभागी भएका थिए । कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, गुरुप्रसाद बराल, पूर्व सहमहामन्त्री उमाकान्त चौधरी, संविधानसभा सदस्य प्रेमकिशोर शाहलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

यद्यपि, भेलामा संघीय सांसद तथा मधेश प्रदेशसभाका सांसदहरूको सहभागिता देखिएन । विशेष महाधिवेशनको विपक्षमा रहेका समूहहरूले केही दिनअघि मधेश प्रदेशस्तरीय भेलाको संयोजनको जिम्मेवारी पूर्वसांसद आनन्द ढुंगानालाई दिएका थिए ।

कांग्रेसभित्र विशेष महाधिवेशनको बहससँगै बढ्दो असन्तुष्टि र गुटीय ध्रुवीकरणका बीच आयोजित यो भेला संस्थापन पक्षमाथि राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ । असन्तुष्ट पक्षले प्रदेशस्तरमै आफ्नो शक्ति प्रदर्शन गर्दै पार्टी नेतृत्वलाई स्पष्ट सन्देश दिन खोजेको नेताहरूको भनाइ छ । पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशन, संगठनात्मक संरचना र नेतृत्वको भूमिकालाई लिएर मतभेद बढ्दै गएकाले पार्टीभित्रको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको विश्लेषण गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button