राष्ट्रियशिक्षासमाचार

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बारा, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

आज राति आयोजित पत्रकार सम्मेलनमा बोर्डले दिएको जानकारी अनुसार नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन्।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरबाट कुल ४ लाख ३० हजार ६६७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी नन-ग्रेडेड (एनजी) श्रेणीमा परेका छन्।

जीपीए वर्गीकरणको नतिजा अनुसार, सबैभन्दा माथिल्लो ग्रेड ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ। त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ जना रहेका छन्। बोर्डको तथ्याङ्क अनुसार यस वर्ष २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै ९४ हजार २२२ पुगेको छ।

अन्य ग्रेडहरूमा २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ जना, २ देखि २.४ जीपीए ल्याउने ५ हजार १९० जना र १ देखि २ जीपीए प्राप्त गर्ने ७ जना मात्र रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button