प्रदेश समाचारमधेशसमाचारस्थानिय

सिद्धेश्वर महादेव प्राङ्गणबाट सरसफाइ अभियान सुरु

कलैया— कलैयाकी छोरी तथा सामाजिक अभियन्ता हिरामती कुश्वाहा को अध्यक्षतामा सिद्धेश्वर महादेव प्राङ्गणबाट सरसफाइ अभियानको औपचारिक सुरुवात गरिएको छ। अभियानअन्तर्गत पहिलो चरणको सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

अभियानलाई निरन्तर रूपमा कलैया उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडामा सञ्चालन गरिने जानकारी दिँदै अध्यक्ष कुश्वाहाले सार्वजनिक स्थलको संरक्षण तथा स्वच्छ वातावरण निर्माणका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। कार्यक्रममा वडा नं. १ का युवा, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सामाजिक परिवर्तनका अभियन्ता बिक्की कुश्वाहा, श्री सेवार माइ कृषि सहकारीका अध्यक्ष नरेश कुशवाहा, नबिनतम कृषि सहकारी संस्थाका अध्यक्ष उदय ठाकुर लगायत कलैयाका विभिन्न वडाका टोल विकास तथा सुधार समितिका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

सरसफाइ अभियानअन्तर्गत मन्दिर परिसर सफा गर्नुका साथै विभिन्न स्थानमा डस्टबिन राख्ने कार्यसमेत गरिएको थियो। सहभागीहरूले सार्वजनिक स्थललाई सफा, स्वच्छ र व्यवस्थित राख्नु सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको धारणा व्यक्त गरेका थिए।

अभियानमार्फत सफा, स्वच्छ र सभ्य समाज निर्माणमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button