Banner NewsE-PAPERपत्र-पत्रिकापत्र-पत्रिकासमाचार

शंखमुलमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । शुक्रबार बिहान शंखमुलमा इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ।

प्रहरीले कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोड घर भई काठमाडौं-१० शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको उद्धार गरेको हो।
विधापति मार्गस्थित घरको कम्पाउन्डको पछाडि भागमा रहेको ३० फिट गिहिरो इनारभित्र उनी बिहान सवा ९ बजे खसेका थिए।

इनारको रेलिङ सफा गर्ने क्रममा ढकनि फुटेर खसेका उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शाहको अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनो टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button