Banner Newsराजनीति

कांग्रेसको चुनावी पराजयपछि नेतृत्वमाथि प्रश्न : सभापति गगन थापा ले दिए राजीनामाको संकेत

काठमाडौं : नेपाली कांग्रेस का सभापति गगन थापा ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिन सक्ने संकेत दिएका छन्।
नयाँ बानेश्वरमा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा सँग भएको छलफलका क्रममा थापाले चुनावी परिणामको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पद त्याग्नु उचित हुन सक्ने धारणा राखेको स्रोतले जनाएको छ।
तर उपसभापति शर्माले भने तत्काल राजीनामा दिनुभन्दा पनि चुनावी परिणामको सूक्ष्म समीक्षा गर्दै पार्टीलाई सम्हाल्नु आवश्यक रहेको सुझाव दिएका छन्। उनले सभापतिको राजीनामाले पार्टीलाई अझ कठिन परिस्थितिमा पुर्‍याउन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।
फागुन २१ को निर्वाचनमा सभापति थापासहित कांग्रेसका अधिकांश प्रमुख पदाधिकारी पराजित भएका थिए। उक्त चुनावमा कांग्रेसले जम्मा १८ सिट मात्र जित्न सफल भएको थियो। महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको करिब ५० दिनमै आएको यो परिणामले पार्टीभित्र नेतृत्व, रणनीति र संगठनात्मक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक भएको देखिएको छ।
यस घटनाले कांग्रेसभित्र आगामी नेतृत्व र भविष्यको रणनीतिबारे नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button