Banner Newsकृषिमधेससमाचार

उन्नत प्रविधिबाट धान उत्पादनमा ३० प्रतिशतसम्म वृद्धि सम्भव

बारा- उन्नत धान खेती प्रविधि अपनाएर उचित बीउ छनोट, सन्तुलित मलखाद व्यवस्थापन, वैज्ञानिक रोपाइँ दूरी तथा प्रभावकारी सिँचाइ प्रणाली लागू गरेमा धान उत्पादन उल्लेख्य रूपमा वृद्धि गर्न सकिने फेटा गाउँपालिकाकोकृषि विज्ञ सन्जाय कुश्वाहाले बताएको छन। परम्परागत तरिकालाई सुधार गरी वैज्ञानिक विधि अपनाउँदा उत्पादन २० देखि ३० प्रतिशतसम्म बढाउन सकिने फेटा गाउँपालिकाको कृषि विज्ञ सन्जाय कुश्वाहाको भनाइ छ।
कृषि प्राविधिकहरूका अनुसार स्थानीय हावापानी र माटोको अवस्था अनुसार उन्नत तथा रोग प्रतिरोधी जातको बीउ छनोट गर्नु धान खेतीको पहिलो आधार हो। प्रमाणित बीउको प्रयोगले अंकुरण दर उच्च हुने, रोग–कीराको प्रकोप कम हुने र उत्पादनमा स्थायित्व आउने कुश्वाहा बताउन्छ।
त्यसैगरी, सन्तुलित मलखाद व्यवस्थापनले बालीको वृद्धि र दाना भर्ने प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको कृषि विज्ञ सन्जाय कुश्वाहाको भनाइ छ। माटो परीक्षणको आधारमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा मिलाएर प्रयोग गर्दा उत्पादन र गुणस्तर दुवैमा सुधार देखिन्छ।
वैज्ञानिक रोपाइँ दूरी कायम गर्दा बिरुवाबीच पर्याप्त घाम, हावा र पोषक तत्वको प्रतिस्पर्धा कम हुने भएकाले उत्पादनमा सकारात्मक प्रभाव पर्छ। आधुनिक सिँचाइ प्रणाली अपनाएर आवश्यक समयमा पानी उपलब्ध गराउँदा बाली सुक्ने वा पानी जमेर क्षति हुने समस्या न्यूनीकरण गर्न सकिन्छ।
कृषि क्षेत्रमा प्रविधिको प्रयोग, समयमै गोडमेल, रोग–कीरा नियन्त्रण तथा स्याहार–सम्भारलाई व्यवस्थित गर्न सके समृद्ध किसान र दिगो खाद्य सुरक्षाको आधार तयार हुने गाउँपालिकाकोकृषि विज्ञ सन्जाय कुश्वाहा बताउन्छ।
सरकार तथा सम्बन्धित निकायले किसानलाई तालिम, प्राविधिक सहयोग र आधुनिक उपकरणमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता समेत औँल्याइएको छ। वैज्ञानिक खेती प्रणालीमार्फत उत्पादन वृद्धि गर्दै आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न सकिने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button