Banner Newsमधेसराजनीतिसमाचार

बारा-३ मा भोलिदेखि मतगणना सुरु हुने, मतपेटिका रुजु गर्ने कार्य जारी

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा भोलिदेखि मतगणना सुरु गरिने भएको छ। यस क्षेत्रको मतगणना जिल्ला समन्वय समितिको कार्यालयमा हुने जनाइएको छ।

मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेका छन् र हाल रुजु गर्ने कार्य जारी रहेको छ।

उनका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि सर्वदलीय बैठक आह्वान गरिनेछ। राजनीतिक दलहरूबीच सर्वपक्षीय सहमति भएपछि भोलिदेखि मतगणना सुरु गरिने उनले बताए।

जिल्लामा कुल ४ लाख ६५ हजार ७ सय ८४ मतदाता रहेकामा करिब ७० प्रतिशतसम्म मतदान भएको बताइएको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button