बारा, १५ फागुन
आसन्न प्रतिनिधि सभाको आम निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंह ले आफ्नो व्यक्तिगत छवि र चुनाव चिन्ह ‘घण्टी’ मार्फत मतदातामा विश्वास जगाउँदै निर्वाचन क्षेत्रमा सक्रिय अभियान सञ्चालन गरिरहेका छन्।
चुनावी प्रचारका क्रममा सिंहले घरदैलो, टोल–टोल भेटघाट र र्यालीमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। उनले क्षेत्रीय विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधारको योजना प्रस्तुत गर्दै आफ्नो इमान्दार र प्रतिबद्ध नेतृत्वको सन्देश फैलाएका छन्।
सिंहको चुनावी अभियानमा स्थानीय जनता, युवा र समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको छ। मतदाता विश्लेषकहरूको अनुमान अनुसार उम्मेदवारको व्यक्तिगत छवि र ‘घण्टी’ चुनाव चिन्हले उनलाई मतदातामा चिनिने र विश्वास प्राप्त गर्ने बलियो आधार दिएको छ।
उम्मेदवार सिंहले परम्परागत राजनीतिक अभ्यासबाट निराश भएका मतदातालाई अब वैकल्पिक नेतृत्वको अवसर दिन आग्रह गर्दै “राजनीति सेवा हो, सत्ता होइन” भन्ने मूल सन्देश दोहोर्याएका छन्। साथै उनले स्थानीय उत्पादन प्रवर्द्धन, कृषि आधुनिकीकरण, महिला र युवा सशक्तीकरण तथा साना–मझौला उद्यम विकासमा विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
चुनावी अभियानका क्रममा मतदातासँगको प्रत्यक्ष संवाद र घरदैलो कार्यक्रमले बारा–२ मा चन्दन सिंहको जनसमर्थन बढाएको देखिन्छ। राजनीतिक समीकरण र स्थानीय जनप्रतिनिधि समर्थनका आधारमा सिंहको जितको सम्भावना उच्च रहेको विश्लेषकहरूले बताएका छन्।




