वीरगञ्ज असार २५: वीरगञ्ज महानगरपालिका र पर्सा जिल्लामा खानेपानीको चरम सङ्कटले जनजीवन प्रभावित भएपछि जनमत पार्टीको भगिनी सङ्गठन महिला जनमत संघ पर्साको अगुवाइमा बुधवार वीरगञ्जको घण्टाघर चोकमा सडक प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले खाली घैँटो र बाल्टिनसहित ‘जल सत्याग्रह’ नारासहितको ब्यानर बोकेर खानेपानी सङ्कट समाधानको माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘तीनै तहको सरकार आँखा खोल, पानी दे कि मारी दे’ र ‘पर्सालाई पानी सङ्कटग्रस्त क्षेत्र घोषणा गर’ जस्ता नारा लगाए ।





