Banner Newsअन्तराष्ट्रियकृषिसमाचार

काँकरभिट्टाबाट २२ अर्ब १६ करोड बराबरको कृषि सामग्री विदेश पठाइयो

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा रु. २२ अर्ब १६ करोड ११ लाख ७२ हजार बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । गत आवमा सबैभन्दा धेरै चिया रु. नौ अर्ब ५५ करोड ८५ लाख, अलैँची रु. छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर रु. तीन अर्ब ८५ करोड ७१ लाख, अम्लिसो रु. एक अर्ब नौ करोड मूल्य बराबरको निर्यात भएको छ ।

साथै अदुवा रु. २७ करोड २६ लाख, बन्दा रु. आठ करोड ६० लाख, जडीबुटी रु. नौ करोड १३ लाख, मसुरो दाल रु. नौ करोड सात लाख बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु. तीन अर्ब ४६ करोड एक लाख ६६ हजार मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button