जनकपुरधाम, साउन २५ :जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापाचोक नजिक आइतबार बिहान रेल र कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार बागमती प्रदेश ०१–०२५ च. १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग रेलमार्गको ‘क्रसिङ एरिया’मा ठोक्किएको हो।
दुर्घटनामा कारमा सवार तीन जनालाई सामान्य चोटपटक मात्र लागेको प्रहरीले जनाएको छ। कार भने ठूलो क्षतिग्रस्त भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार ठक्करसँगै ठूलो आवाज आएको थियो।
दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सम्भार गोर्खापत्र




